NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

देउवा कांग्रेसको नभएर गठबन्धनको सभापति बनेको शेखर समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको भेलाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति बन्न नसकेको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा बिहीबार र शुक्रबार गरी दुई दिन बसेको गुटको भेलाले बरु देउवा सत्ता गठबन्धनको सभापतिजस्तो देखिएको निष्कर्ष निकालेको हो ।

भेलाले पाँच विभिन्न पाँच बुँदे निर्णय गरेको बैठकपछि नेता डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । यसमा जनजीविकाका सवालहरू पनि जोडिएको बताइएको छ ।

‘देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालिएको छ,’ उनले भने, ‘बरु उहाँ गठबन्धनको सभापति भएर हिँड्नुभएको छ ।’

भेलामा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा पनि सहभागी थिए ।

नेतृत्व कांग्रेसको भए पनि सरकार माओवादीले चलाएको छ : शेखर कोइराला