NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

यी हुन् रविको पार्टीका केन्द्रीय सदस्य

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले मान्यता पाएसँगै २१ सदस्यीय केन्द्रीय समिति पनि सार्वजनिक भएको छ ।

पार्टीको सभापतिमा लामिछाने स्वयम् छन् भने प्रवक्ता डा. मुकुल ढकाललाई तोकिएको छ ।

हेरौं केन्द्रीय सदस्यको सूची :

No photo description available.

यसैबीच, सभापति लामिछानेले आफू ठूला बेथितिविरुद्ध लड्न राजनीतिमा आएको बताएका छन् ।

उनले शुक्रबार राति एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

‘हामीले मिलेर लड्नु पर्ने विषय थुप्रै छन् र हामी “ठूला बेथिति“विरुद्ध लड्ने हो, एक–अर्काविरुद्ध होइन । राष्ट्रिय स्वतन्त्र पार्टी, सबै देश भक्तसँगको सहकार्यका लागि निशर्त खुला छ । मन, वचन र कर्मले,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तो छ भिडियो सन्देश :

https://www.facebook.com/100006065443699/videos/735601844350306/