NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

समलिंगी विवाहलाई स्विट्जरल्याण्डमा कानूनी मान्यता

काठमाडौं । विवाह पुरुष र महिलाबीच गरिन्छ । तर त्यहाँ बर र बधु महिल–पुरुष थिएनन् । एउटै लिंगका थिए । पुरुषको जोडी पुरुष र महिलाको जोडी महिला नै थिए । उनीहरूले एकले अर्कोलाई अँगादै चुम्बन गरे र जीवनभर साथ दिने कसम खाए । यसमध्ये केही विगतदेखि सँगै रहँदै आएका पनि थिए ।

यो अनौठो दृश्य हो, स्विट्जरल्याण्डको । त्यहाँको सरकारले जुलाई १ मा समलिंगी विवाहलाई मान्यता दिएपछि विगतदेखि नै सम्बन्धमा रहेका र कानूनी तगारोले रोकिएकाले  विवाह गरेका छन् ।

स्विट्जरल्याण्डमा समलिंगी विवाह ठूलो राजनीतिक मुद्दा बनेको थियो । ९ महिनाअघि यसबारे भएको जनमत संग्रहमा विवाहको पक्षमा ६४ प्रतिशत मत खसेको थियो ।

समलिंगी विवाहको पक्षमा जनमत देखिएपछि त्यहाँको सरकारले कानून बनाएरै यसलाई मान्यता दिएको हो ।

कानून अभावमा रहेर पनि वैवाहिक मान्यता नपाएका र र विवाह गर्नबाट पछि हटेका जोडीलाई अब अन्य लिंगीलाई जस्तै अधिकार र स्वतन्त्रता प्राप्त भएको छ ।

हेर्नुहोस् भिडियो