NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेता निजगढमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका शीर्ष नेता शनिबार निजगढ पुगेका छन् ।

निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण निम्ति देउवासँगे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता शनिबार बिहान त्यहाँ पुगेका हुन् ।

उनीहरू त्यहाँका निरीक्षण सकेर शनिबार नै काठमाडौं फर्किंने बताइएको छ ।

निजगढमा विमानस्थल निर्माण गर्न हुने/नहुनेमा मतान्तर छ । त्यहाँ विमानस्थल बनाउँदा ठूलो वन क्षेत्र फँडानी गर्नुपर्ने र त्यसले वातावरणमा प्रभाव पार्ने भएकाले निर्माण गर्न नहुने एक पक्षको मत छ । तर अर्को पक्ष भने त्यो गौण विषय भएकाले अघि बढाउनुपर्ने लाइनमा छ ।

यो प्रकरण सर्वोच्च पनि पुगेको थियो । जसमाथि फैसला गर्दै उसले पर्यावरणको ख्याल गरेर मात्र निर्माण कार्य अघि बढाउन भनेको छ ।

सर्वोच्चले विमानस्थल निर्माणमा अंकुश लगाएलगत्तै शीर्ष नेता त्यसको निरीक्षणमा पुगेका हुन् ।