NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

किन बस्दैछ एमालेको सचिवालय बैठक ?

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।

आफ्नोविरुद्ध सत्ता गठबन्धनले फेरि मिलेर चुनावमा जाने तयारी गरेपछि यसलाई काउन्टर दिने गरी अघि बढ्ने तयारीमा एमाले छ ।
सत्तारुढ दल लिम्दा गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो भएको थियो ।

महानगरपालिका र महत्वपूर्ण आधार नै गुमाएपछि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसलाई फर्काउने तयारीमा एमाले छ ।