NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नगरप्रहरीले जबर्जस्ती गाडा खोसेका आचार्यलाई कांग्रेस नेताले गरे ५१ हजार रुपैयाँ सहयोग

काठमाडौं । बालुवाटारमा सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएका सिन्धुपाल्चोकका चन्द्रनाथ आचार्यको गाडा खोसिएपछि कांग्रेस नेता मोहनबहादुर बस्नेतले उनलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सडक व्यापार गरेको भन्दै दुई दिन अघि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले पोल्न ठिक्क पारेको मकै र गाडा नै जबर्जस्त उठाएर लगेको थियो ।

जसको अहिले तीव्र आलोचना भएको छ । उनै आचार्यलाई कांग्रेस नेताले आर्थिक सहयोग गरेका हुन् ।

बस्नेत पनि सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन् ।