NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कर्नाटककी सिनी सेट्टी बनिन् मिस इन्डिया

काठमाडौं । कर्नाटककी सिनी शेट्टीले २१ वर्षको उमेरमा फेमिना मिस इन्डिया वर्ल्ड २०२२ को उपाधि जितेकी छिन् । यो कार्यक्रम आइतबार राति मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको थियो । सिनीले मिस वर्ल्डकाे ७१ औं संस्करणमा भारतकाे प्रतिनिधित्व गर्ने छिन् ।

साथै राजस्थानकी रुबल शेखावत फस्ट रनरअप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप भइन् ।

सिनीले ३१ प्रतियोगीलाई पराजित गर्दै यो उपाधि जितेकी हुन् । सिनीले लेखा र वित्तमा स्नातक गरेका छन् । यसबाहेक उनी भरतनाट्यम डान्सर पनि हुन् ।

फर्स्ट रनर अप रुबल राजस्थानको शाही परिवारका हुन् । रुबललाई नृत्य, अभिनय, चित्रकलामा रुचि हुनुका साथै ब्याडमिन्टन खेल्न पनि मन पर्छ । अर्कोतर्फ सेकेन्ड रनरअप शिनाटा उत्तर प्रदेशकी हुन् । उनी २१ वर्षकी भइन् र उनी संगीत मन पराउँछिन् ।

यसपटक मिस इन्डियाको निर्णायकको प्यानलमा बलिउड अभिनेत्री मलाइका अरोरा, नेहा धुपिया, डिनो मोरिया, डिजाइनर राहुल खन्ना, रोहित गान्धी, कोरियोग्राफर शामक डाबर र क्रिकेटर मिताली राज थिए । यी बाहेक अन्य धेरै बलिउड सेलेब्स पनि कार्यक्रममा देखा परेका थिए ।