NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रधानमन्त्री देउवाले बदले तीन मन्त्री

काठमाडौं । प्रधानमन्त्रीले फेरि मन्त्री हेरफेर गरेका छन् । नेकपा समाजवादीका मन्त्री फेरबदलको केही दिनमा नै फेरि जसपाका मन्त्री फेरिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष उपेन्द्र यादवले पुरानालाई फिर्ता गरी नयाँलाई मन्त्रीमा सिफारिस गरेपछि मन्त्री फेरिएका हुन् ।

भौतिक पूर्वाधारकी रेणु यादव, कृषिका महिन्द्रराय यादव र वनका रामसहाय यादवलाई फिर्ता बोलाइएको हो ।

पुराना मन्त्री फिर्ता बोलाएपछि भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई, वनमा प्रदीप यादव र कृषिमा मृगेन्द्रकुमार सिंह यादव मन्त्री चयन भएका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति र कार्यविभाजन गरेकी हुन् ।

उनीहरूले आजै साढे चार बजे सपथ लिंदैछन् ।

यस्ताे छ पछिल्लाे मन्त्रिपरिषद्