NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

देशभर एकै दिन ९० जना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कारोना भाइरसको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ११२ जनामा परीक्षण गर्दा पिसिआर विधिमा ७३ र एन्टीजेन विधिमा १७ जना गरी थप ९० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । मंगलबार कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४०१ रहेको मन्त्रालयले जनाएको छ ।