NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर सामान्य बदली रहने छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्न्य बदली रहनेछ भने देशक केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज राती पनि आंशिकदेखि सामान्य बदली कायम रहनेछ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न भू भागमा हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा बाढी, पहिरोको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।