NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सफा हुन थाल्यो महानगर

काठमाडाैं । बालेन शाहको नेतृत्व पाएदेखि नै काठमाडौँ महानगरभित्र सकारात्मक सुधार देखिन थालेका छन् ।

महानगरले मसिना सुधारका कामहरू अघि बढाएको छ । यसैक्रममा महानगरका सडक छेउमा थुप्रिएका माटो तथा फोहोर उठाएर नाली सफा गर्ने काम सुरु भएको छ ।

महानगरले थप जनशक्ति परिचालन गरेर सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम सुरु गरेको हो ।

सडकबाट छुटेका शाखा सडकबाट जमेका धुलो माटो, फोहोर, फुटपाथमा झाँगिएका झारले महानगर बिरुप बन्दै गएको थियो । नाली सफा नहुँदा पानी ढलमा पस्न नपाएर सडकमा जम्ने समस्या बढ्दै गएको थियो ।

महानगरले सफाइ अभियान अघि बढाएसँगै सडक व्यवस्थित र सफा देखिन थालेको छ ।

तस्बिरमा हेर्नुहोस्, सफा हुँदै गरेको महानगर :