NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

मन्त्री विवादमा तानिएपछि अर्थसचिव विदामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बजेट घोषणाको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई बजेट चलाउन दिएको आरोप लागेसँगै उनी विवादमा फसेका छन् । अझै मन्त्रालयले तीन

महिनासम्म नियमसंगत राख्नुपर्ने सिसिटिभी फुटेज १३ दिनमै मेटियो भनेर विज्ञप्ती जारी गरेपछि यो विवादलाई थप बल पुगेको छ ।

यही मेसोमा मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा बसेका छन् । मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी आफू यस विवादमा मुछिन नचाहने भन्दै लामो समयका लागि बिदामा गएका हुन् ।

सचिव मरासिनीमाथि पनि सिसिटिभी फुटेज मिलेमतोमा मेटाएको आरोप छ । उनले आज विहानमात्रै अर्थमन्त्री शर्मासँग भेट गरेका थिए ।