NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अर्थमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय विशेष समिति गठन

काठमाडौं । बजेट निर्माण सम्बन्धमा उठेकाे प्रश्नपछि छानबिनका लागि उच्चस्तरीय विशेष संसदीय समिति गठन भएको छ ।

२०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन भएको घोषणा गरेका हुन् ।

समितिलाई छानबिनका लागि १० दिनको समय दिएको छ । बैठक बस्नु अघि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक संसदीय समिति गठन गर्ने प्रस्ताव राखेका थिए ।

समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि आजको बैठक चल्न दिने एमाले सहमत भएको थियो ।