NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौं । हवाई भाडाको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको हो ।

वायुसेवा सञ्चालक संघले बिहिबारदेखि नयाँ भाडादर लागू हुने गरी भाडा बढेको जनाएको छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा २२० रुपैयाँ भाडा बढेको हो ।

त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १७० रुपैयाँ मूल्य बढेको छ भने माउन्टेन फ्लाइटको मूल्य १४ हजार ८९० रुपैयाँ पुगेको छ ।

नयाँ भाडादर अनुसार काठमाडौं-भद्रपुर १५०, काठमाडौं-विराटनगर १२५, काठमाडौं-जनकपुर ६५, काठमाडौं-भरतपुर ५५, काठमाडौं-पोखरा ८०, काठमाडौं-भैरहवा १००, काठमाडौं-नेपालगञ्ज १६५, काठमाडौं-तुम्लिङटार ९५ र काठमाडौं-सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको हो ।