NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

थप ११३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ जनामा कोरोना परीक्षण गर्दा थप ११३ जना संक्रमित भएका हुन् । त्यस्तै गत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार ९० जना संक्रमित भएका थिए । पछिल्लाे केही दिनमा नेपालमा काेराेना भाइरस संक्रमणकाे दर निरन्तर बढिरहेकाे छ ।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५७५ पुगेको छ । जुन कुल संक्रमितको ९८.७ प्रतिशत हो । बुधबार कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार ४७१ जना सक्रिय संक्रमित रहेका छन् ।