NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अन्तर्घातबारे छानबिन गर्न माओवादीले टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने

काठमाडौं । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति गठन गर्ने भएको छ ।

प्रज्ञा भवन कमलादीमा बिहीबार जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्घातबारे छानबिन गर्न समिति बनाउने प्रस्ताव गरेका हुन् ।

छानबिनबाट आएको प्रतिवेदनको आधारमा अन्तर्घातीहरूलाई निलम्बनदेखि निष्कासनसम्मको कारवाही गरिने उनले जानकारी दिए । प्रचण्डले निर्वाचन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् । १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।