NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कान्छा सगरमाथा आरोही शम्भु तामाङको निधन

काठमाडौं । सबैभन्दा कान्छा सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । तामाङ विगत दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित थिए । उनको बिहीबार नेपाल क्यान्सर हस्पिटलमा निधन भएको हो ।

लामा सन् १९७३ मे ५ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले १८ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका थिए ।

केही दिन अघि लामालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल गएका थिए । तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्व कोषाध्यक्षसमेत थिए ।