NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विश्वकप जित्ने कसको सम्भावना कति ? हेरौं ताजा सर्वेक्षण !

काठमाडौं । कतारमा २२ औँ संकरणको फिफा विश्वकप आउन अझै चार महिनाभन्दा बढी समय बाँकी छ । यद्यपि, अधिकांश फुटबल पण्डित तथा समर्थकलाई फुटबलको ज्वरोले छोइसकेको छ ।

अधिकांशले विश्व वरीयतामा पहिलो स्थानमा रहेको सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेतासमेत रहेको दुई पटकको विजेता फ्रान्स, ०६६ को विजेता इंग्ल्याण्ड, ०१० को विजेता स्पेन, दुईपटकको विजेता अर्जेन्टिना र चार पटकको विजेता जर्मनी आदिलाई प्रमुख दाबेदार मानिरहेका छन् ।

यसैबीच, स्टाटस परफम्र्स एआई मोडेलले अनलाइनमार्फत एउटा सर्वेक्षण गरेको छ । त्यसमा भने फ्रान्सलाई प्रमुख दाबेदार मानिएको छ ।

तीन लाख ५५ हजार फुटबलप्रेमी दर्शक समावेश गरिएको उक्त सर्वेले फ्रान्सले जित्ने सम्भावना १७.९३ देखाएको छ ।

त्यसपछि नेइमारसहितको ब्राजिल दोस्रो स्थानमा आएको छ । सर्वेक्षणअनुसार ब्राजिलले विश्वकप जित्ने सम्भावना १५.७३ देखिएको छ ।

लियोनल मेसी नेतृत्वमा रहेको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भने शीर्ष पाँच दाबेदारमा पनि परेका छैनन् ।

सर्वेक्षणअनुसार विश्वकप जित्नसक्ने शीर्ष १५ टोलीमा फ्रान्सदेखि पोल्याण्डसम्म रहेका छन् । तीमध्ये धेरै ११ टोली युरोपबाट छन् भने दक्षिण अमेरिकाबाट तीन तथा उत्तर तथा मध्य अमेरिकाबाट एक टोली परेको छ । त्यो मेक्सिको हो । मेक्सिको १३ औँ दाबेदार रहेको छ ।

यस्तै, एसियाली राष्ट्रमध्ये इरानको विश्वकप जित्ने सम्भावना बढी देखिएको छ । इरानले ०.६० प्रतिशत जित्ने सम्भावना रहेको देखिएको छ । शीर्ष १५ पछि पहिलो स्थानमा अर्थात १६ औँमा इरान रहेको छ ।

यसैगरी, अफ्रिाकाबाट सेनेगल सबभन्दा अगाडि छ । २३ औँ स्थानमा रहेको सेनेगलको विश्वकप जित्ने सम्भावना ०.१९ प्रतिशत रहेको छ ।

३२ टोलीमध्ये क्यामरुन, साउदी अरेबिया र कोस्टारिका सबैभन्दा अन्तिममा छन् । उनीहरूको विश्वकप जित्ने सम्भावना शून्य रहेको छ ।

हेरौं सर्वेक्षणको नतिजा :

विश्वकप आउन पाँच महिना बाँकी छँदै १८ लाख टिकट बिक्री, यी हुन् बढी किन्ने १० राष्ट्र