NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमाले केन्द्रीय विभागका पदाधिकारीहरूको बैठक ललितपुरको च्यासलमा सुरू

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

विभागबाट अहिलेसम्म भएका काम, कारवाही, अपेक्षा र जिम्मेवारीबारे महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म एमालेले २७ वाटा विभागलाई पूर्णता दिएको छ ।