NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन् ।

६८ वर्षीय आबेले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई पेटसम्बधी राेग लागेको बताइएको छ ।

आबे लिबरल डेमोक्रेटिक पार्टीका पूर्वअध्यक्ष हुन् ।

उनी दुईपटक प्रधानमन्त्री भएका थिए । सन् २००६ देखि ०७ सम्म उनी पहिलोपटक प्रधानमन्त्री भए । त्यसपछि २०१२ देखि २० सम्म करिब ८ वर्ष उनी प्रधानमन्त्री बनेका थिए ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर