NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कस्तो अवस्थामा फाल्ने पाठेघर ?

काठमाडौं । एक महिलालाई आमा बनेपछि पूर्ण भएको मानिन्छ । आमा हुनका लागि महिलामा पाठेघर हुनु र यो स्वस्थ हुनु महत्वपूर्ण हुन्छ । तर महिलाको पाठेघर नै ठूलो समस्या बनेपछि यसलाई शरिरबाट अलग गराउनु नै उचित मानिन्छ ।

महिलाको शरीरबाट पाठेघर निकाल्नुलाई हिस्टेरेक्टोमी भनिन्छ । विदेशी महिलाहरु पाठेघरमा समस्या देखा पर्नेबित्तिकै उनीहरु शल्यक्रिया गर्छन् र हटाउँछन् पनि । विश्वचर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली, भारतीय अभिनेत्री अनुष्का शंकरले पनि आफ्नो पाठेघर फालेका छन् ।
कुन समयमा फाल्ने पाठेघर

पाठेघरको आकार बढ्दै जाँदा, महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुँदा, ओभरी सिस्ट वा क्यान्सर भएर उपचार नै नहुने अवस्थामा पाठेघर निकाल्नुपर्छ । सुरुमा समस्या देखिँदा औषधिको प्रयोगमार्फत् उपचार गरिन्छ । औषधि प्रयोग गरेको ३ महिनासम्म सावधानी अपनाउनु आवश्यक हुन्छ ।

यो समयमा गह्रौं वस्तु उठाउनु हुँदैन । पाठेघरको शल्यक्रिया पनि तीन प्रकारका हुन्छन् । पहिलो शल्यक्रियालाई हिस्टेरेक्टो भनिन्छ, यसमा पुरै पाठेघर, ओभरी र फेलोपियन ट्युब पनि हटाइन्छ । दोस्रो सुपरसर्भिकल अपरेशनमार्फत् पाठेघरको माथिल्लो भाग हटाइन्छ र गर्भाशयलाई शरीरमै छोडिन्छ ।

तेस्रो अपरेशनलाई सर्जरी रेडिकल हिस्टेरेक्टोमी भनिन्छ । यसमा पाठेघरको साथै गर्भाशय र योनीको माथिल्लो भाग निकालेर फालिन्छ । पाठेघरसहित डिम्बाशय निकालेपछि महिनावारी रोकिन्छ र यसका कारण योनी सुक्खा हुन्छ ।

विदेशी महिला सर्जरीमा अघि

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा ४० देखि ४४ वर्ष उमेरका महिलामध्ये ११.७ प्रतिशतले पाठेघर निकालेर फालेका छन् । बेलायतमा २० प्रतिशत महिला यो सर्जरी गराउँछन् ।

भारतमा  पनि ४५ वर्षभन्दा बढी उमेरका ११ प्रतिशत महिलाले आफ्नो पाठेघर निकाल्छन् । केन्द्रीय परिवार तथा स्वास्थ्य कल्याण मन्त्रालयले सन् २०१८ देखि २०१८ सम्म ७२ हजार महिलाको सर्वेक्षण गरेको थियो । नेशनल फेमिली हेल्थ सर्वेक्षण २०१५/१६ का अनुसार सबैभन्दा धेरै पाठेघर आन्ध्र प्रदेश र पंजाबsf महिलाले निकालेका छन् । यो दुईटा राज्यमा हरेक ५ महिलामध्ये १ जनाले केही न केही कारण पाठेघरको सर्जरी गराएका छन् ।

पाठेघर निकालेपछि के खाने

पोषण विद्का अनुसार हिस्टेरेक्टोमी पछि महिलाहरु कमजोर हुने गर्दछन् । महिलाहरुले आफ्नो डाइटमा प्रोटीन, एन्टिअक्सिडेन्ट, फाइबरको प्रयोग गर्नुपर्छ । जसमा फलफूल, सागसब्जि, अन्न, ओट्स, दाल पोषणयुक्त खानाको अत्यधिक प्रयोग गनुपर्छ । साथै पानी प्रशस्त मात्रामा पिउनु पर्छ । तर सुक्खा फल, मटर, सिमी, रिफाइन्ड पिठो, फास्ट फुड, किसमिसजस्ता खाद्य पदार्थको सेवन गर्नुहुँदैन ।