NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विवाह बन्धनमा बाँधिए नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषि हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।

वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

May be an image of 2 people, people standing and text that says 'TAUW EVENTS'

नीता र हरिहर दुवै आध्यात्ममा विश्वास गर्छन् । यसर्थ, उनीहरूको मन मिलेको बताइएको छ ।

हरिहरले शुभलभ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए । तर, सफल हुन सकेनन् ।

अभिनेत्री नीताले दिइन् ब्याचलर पार्टी (फाेटाेसहित)