NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर

काठमाडाैं । नेपालका लागि प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ । कम्पनीले असार २३ गतेबाट यो  आयोजना सार्वजनिक गरेको हो ।

उक्त एक्स्चेन्ज अफर २७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीले योजनाअन्तर्गत ग्राहकहरूले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

एक्स्चेन्ज अफरमा ग्राहकले स्पट एक्स्चेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्याङ्कन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्स्चेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन् । साथै, ग्राहकहरुले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

२०२० देखि नेपालमा आधिकारिक बिक्री शुरु गरेको कम्पनीले सेडान खण्डमा प्रोटोन सागा, सी–सेग्मेन्ट एसयुभी मा प्राटोन एक्स५० र प्रिमियम एयसयुभी खण्डमा प्रोटोन एक्स७० बिक्री गर्दै आएको छ ।