NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

श्रीलंकाको घटनाबाट नेपालका अचेत नेताहरूको चेत खुलोस् : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले श्रीलंकाको राजनीतिक घटनाक्रमबाट पाठ सिक्न नेपालका नेताहरूलाई चेतावनी दिएका छन् ।

कुनै बेला दक्षिण एसियाकै राम्रो आर्थिक सूचाङ्क रहेको मुलुक आर्थिक रूपले टाट पल्टिएपछि त्यहाँका नागरिकहरूले महिनौदेखि सरकार विरुद्ध विद्रोह गरेका छन् । शनिबारमात्रै हजारौं प्रदर्शनकारीहरूले राष्ट्रिपति निवास कब्जामा लिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानतर्फ भागेका छन् ।

सत्ता गठबन्धनका नेतासमेत रहेका गुरुङले नेताहरूको नाममा खोलेको ट्रष्ट ÷फाउन्डेसहरूमा राज्यकोषबाट रकम हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको आरोप लगाए ।

‘नेताहरूको नाममा खोलेको ट्रष्ट÷फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ’, उनले भने, ‘यो भ्रष्टाचार हो । रोक्नु पर्छ । तर यो प्रबृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’

सुशील कोइराला सभापति भएकै समयमा आफूले यो विषय उठन गरेपनि भ्रष्टाचार गर्नेक्रम नरोकिएको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत उनले चिन्ता व्यक्त गरे ।