NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

१२१ जनामा कोरोना संक्रमण, ६७८ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनामा कोरोना परीक्षण गर्दा पिसीआरबाट १०४ र एन्टीजेनबाट १७ जना गरी थप १२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्ष मन्त्रालयका अनुसार गत २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ ।

आइतबार कसैको पनि मृत्यु भएको छैन भने देशभर सक्रिय संक्रमितको संख्या ६७८ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १० हजार ५६७ पुगेको छ ।