NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

संविधान नमिच्ने प्रगतिशील वाम शक्तिबीच एकता र सहकार्य आवश्यक छ : नेपाल

'समाजवादीका कारण एसपीपी रोकियो'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आवश्यक भएको बताएका छन् । साथै उनले चुनावपूर्व आफ्नो पार्टीको कुनै दलसँग एकता सम्भव नरहेको स्पष्ट पारे ।

‘आसन्न प्रतिनिधिसभा र प्रदेशको निर्वाचनपूर्व हाम्रो दल एकीकृत समाजवादी कुनै पनि दलसँग एकता हुने सम्भावना छैन,’ प्रेस संगठनले धनगढीमा सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘बरु वाम एकताचाहिँ आवश्यक छ ।’ त्यसका लागि संविधान नमिचेका, प्रगतिको पक्षमा रहेका विचार मिल्ने समूह हुनुपर्ने उनको भनाइ छ ।

विगतमा वाम शक्तिलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको उल्लेख गर्दै उनले विचार मिल्ने वाम शक्तिसँग सहकार्य गर्न तयार रहेको बताए ।

गठबन्धन सरकारले एसपिपी रोकियो

नेता नेपालले गठबन्धन सरकारका कारण एसपिपी रोकिएको दाबी पनि गरेका छन् । यसलाई रोक्न खासगरी एकीकृत समाजवादीको भूमिकाले काम गरेको उनको दाबी छ । त्यसैगरी एमसिसी पनि एकीकृत समाजवादीकै कारण व्याख्यात्मक घोषणासहित संसद्बाट पारित भएको उनले जिकिर गरे ।

‘पूर्वएमालेले एमसीसीलाई आँखा चिम्लिएर पारित गर्न खोजेपछि त्यसविरुद्ध अडान राखेर रोकेका थियौं,’ नेता नेपालले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित पारित गरिएको हो ।

नेता नेपालले अहिले देशमा विदेशी चलखेल बढेको दाबी पनि गरे । यही कारण विभिन्न खाले परियोजना भित्रिरहेको उनको तर्क छ ।

‘देशमा अहिले विदेशी चलखेल बढेको छ । विभिन्न परियोजना भित्रिनुको कारण यही हो,’ नेता नेपालले भने ।