NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चुनाव जित्ने एमालेका १९ रणनीति : अन्तर्घातीलाई कारबाहीदेखि पुलिस–प्रशासनलाई तर्साउनेसम्म

काठमाडौं । स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको एमालेले चुनावी परिणामको गम्भीर समीक्षा गरी आगामी प्रदेश सभा र संघीय निर्वाचनको रणनीति बनाएको छ ।

केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णय समेटेर एमालेले अन्तरपार्टी निर्देशन(अपानी)–४ मार्फता आगामी निर्वाचनको तयारीबारे योजना बनाएको हो ।

उसले स्थानीय तहमा अन्तर्घात गर्नेलाई बिनामोलाहिजा कारवाही गर्नेदेखि पुलिस–प्रशासनलाई मनोवैज्ञानिक ढंगले तर्साउनेसम्मको नीति लिएको छ ।

स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएकोले चुनावको धङधङ्गी अझै बाँकी रहेको अपानीमा उल्लेख छ । पार्टीभित्र आपसी अविश्वास, आरोप प्रत्यारोप बाँकी नै रहेकाले यसबाट पार्टी पंक्तिलाई मुक्त गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न अध्यक्ष केपी ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यस्ता छन् आगामी निर्वाचनका लागि एमालेका योजनाहरू

१. निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने, प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने । पहिलो बुँदामा एमालेले ०६४ सालको संविधानसभा निर्वाचन इतिहासमै न्यून मत(२० प्रतिशत)मा खुम्चिउको निष्कर्ष निकालेको छ । ०६४ पछि पार्टीको लोकप्रीयता बढ्दै ३४ प्रतिशतमा पुगेर पहिलो पार्टी बन्न सफल भएको उल्लेख छ । स्थानीय तह निर्वाचले पार्टी विभाजनलाई अस्वीकृत गरेको दावी गरेको छ । निर्वाचनबाट पार्टी पराजित नभएको जिकिर गर्दै सत्ता गठबन्धन असफल भएको सन्देश प्रवाह गर्न निर्देशन दिएको छ ।

२.असार मसान्तभित्र ७५३ पालिकाको निर्वाचन परिणाम समीक्षा गरी केन्द्रलाई पठाउन निर्देशन दिएको छ ।

३. निर्वाचन समीक्षाबाट आएको रिपोर्टका आधारमा कमजोरीको सूची तयार गर्ने, आगामी दिनमा कमजोरी नदोहो¥याउने ।

४.स्थानीय तह निर्वाचको परिणामलाई आधार बनाएर प्रदेश र संघीय निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषण गरी शक्ति सन्तुलन कायम राख्ने ।

५.पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने । विगतमा कमी कमजोरी भएको भए आत्मसमीक्षा गरी पार्टी एकतालाई थप बलियो बनाउने ।

६. पार्टीभित्रको उत्पन्न समस्याबारे समीक्षा गरी असमझदारी, असहयोग र अन्तर्घात छुट्याउने । असमझदारीलाई छलफल, असहयोगलाई आलोचना र अन्तर्घातलाई कारवाहीबाट सम्बोधन गर्ने ।

७. अन्तरविरोधका कारण कारवाहीको दायरा अनावश्यक फराकिलो नहोस् भन्नेतर्फ विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तर्घातलाई विधि र प्रकृयादवारा बिना मोलाहिजा कारवाही गर्ने ।

८. मतवृद्धिका लागि नयाँ मतदात अध्यावधि गराउन पहल गर्ने, पार्टीको एजेण्ड आम जनतामा स्थापित गर्ने, एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्ने ।

९. आफ्नो शक्ति र सामथ्र्य बढाउने, गठबन्धनको भयबाट मुक्त हुने ।

१०. बहुमतका लागि १६ प्रतिशत मत आवश्यक रहेकाले निष्कर्ष निकाल्दै त्यसलाई प्राप्त गर्न ठोस नीति,योजना र कार्यक्रम तय गर्ने ।

११. गठबन्धन नभत्काएसम्म केही गर्न सकिदैन भन्ने भ्रमबाट मुक्त हुने, चाहेको खण्डमा गठबन्धन भत्काउन सकिने छ । आवश्यक परे भरपर्दो सहयात्री खोज्ने गरी अगाडि बढ्ने ।

१२. राजनीतिक धु्रवीकरणलाई व्यापका दिने, अन्यपार्टीबाट प्रवेश गराउने, एमाले बलियो रहेको ठाउँमा वर्चश्व कायमै राख्ने, प्रतिस्पर्धा हुने ठाउँमा ठोस नीति, योजना र रणनीति बानाउने ।

१३. पूँजीवाद र समाजवाद पक्षबीच ध्रुवीकरण गर्ने । एमालेप्रति फैलाइएको घृणा र निषेधको राजनीति अन्त्य गर्न भण्डाफोर अभियान चलाउने ।

१४. एमाले वामपन्थी आन्दोलनको मात्र नभइ राष्ट्रकै मूख्य शक्ति हो । एमालेकै नेतृत्वमा वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई गोलबन्द गर्ने ।

१५. मतदाता वृद्धि र रक्षाका लागि विशेष ध्यान दिने ।

१६. निर्वाचन आयोगसँग केन्द्रदेखि जिल्लासम्म समन्वय र खबरदारी गर्ने ।

१७. प्रशासनको निष्पक्ष परिचालन गर्न, पार्टी विरुद्ध दुरुपयोग हुन नदिन निरन्तर संलग्न भइराख्ने ।

१८. सुरक्षा संयन्त्रलाई व्यवसायीक ढंगले परिचालन गर्न प्रोत्साहित गर्ने । त्यसका लागि एमाले आजको मात्र नभइ भोलिको राज्यशक्ति भएको विषयमा निरन्तर स्मरण गराइराख्ने ।

१९. सत्तापक्षबाट भएका धाँधली र राज्यशक्तिको दुरुपयोगबारे सुक्ष्म अध्ययन गर्ने । आगामी दिनमा दुरुपयोग हुन नदिन विशेष ध्यान दिइ समय तालिका बनाउने ।