NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अवरोधबीच कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । कार्यकर्ताहरूको अवरोधका बीच केही बेरअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ ।

साथै, बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिसमेत बनाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

यसअघि कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाविरुद्ध असन्तुष्ट नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी तथा युवाले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

बैठकमा शेखर पक्षले सभापति देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको बताइएको छ ।

पार्टी कार्यालयमै सभापति देउवाविरुद्ध नाराबाजी र अवरोध