NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमाले अध्यक्ष ओली र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच बालकोटमा भेटवार्ता

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

लिउ नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई भेट्न मंगलबार बिहान उनकै निवास बालकोट पुगेका छन् । अहिले दुई पक्षबीचको भेटवार्ता जारी रहेको ओलीका सचिवालयले जानकारी दिएका छन् ।

भेटवार्तामा दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्ध र दुई देशबीचकाे हितको विषयमा छलफल जारी छ । त्यस्तै नेकपा विभाजनपछि पुनः वामपन्थी एकतालाई जोड दिँदै आएको चीनले आगामी संघीय निर्वाचमा वामपन्थी दलहरूलाई मिलेर जान सुझाव दिन सक्ने अनुमान गरिएको छ ।

आइतबार नेपाल आएका प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ । चार दिने भ्रमण सकेर बुधबार उनी स्वदेश फर्किदैछन् ।