NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरियन भाषा परीक्षाको केन्द्र ताेकियाे

काठमाडौं । उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी साउन २ देखि सञ्चालन हुने भाषा परीक्षाको केन्द्र सार्वजनिक गरेकाे हाे ।

शाखाका अनुसार, ललितपुर जिल्लाको भैंसेपाटीस्थित सिबिटी भवनलाई परीक्षा केन्द्र तोकिएको छ ।

बायोमेट्रिकको रजिस्ट्रर भने इपिएस कोरिया शाखा, ग्वार्कोको नजिकै रहेको म्युजिक हलमा हुनेछ । बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण तीन सिफ्टमा हुनेछ ।  बिहान ८ बजे, ९ः३० बजे र १२ः०० बजे पहिलाे, दाेस्राे र तेस्राे सिफ्टकाे बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण हुने शाखाले जनाएकाे छ ।

परीक्षाको निर्धारित समयभन्दा अगावै हलभित्र प्रवेश गरी अनुशासितपूर्वक सहभागी हुन शाखाले परीक्षार्थीलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष