NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओएसिस एजुकेशनको ब्राण्ड एम्बेसडरमा मिस नेपाल प्रियंका

गणेश थापा, क्यालिफोर्निया । ओएसिस एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरको रूपमा मिस नेपाल प्रियंकारानी जोशी आबद्ध भएकी छिन् । विश्वका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, अध्यागमनसम्बन्धी व्यवस्था लगायतका विविध विषयहरूमा केन्द्रित रहेर अवश्यक सहयोग गर्दै आइरहेको उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा उनी आबद्ध भएकी हुन् ।

No description available.

वैदेशिक शिक्षाका लागि अष्ट्रेलियालाई प्रमुख गन्तव्यको रूपमा लिदै हजारौं नेपाली विद्यार्थीहरूलाई शैक्षिक एवं प्रकृयागत सहयोग गरिरहेको ओएसिस एजुकेशनले   मिस नेपाल जस्तो सामाजिक लोकप्रियता हासिल गरेको व्यक्तित्वको माध्यमबाट विदेशमा अध्ययन गर्न जान चाहनेहरूका लागि सही सूचना र जानकारी प्रदान गर्ने उद्देश्यले हालै मिस नेपालको ताज पहिरेकी प्रियंकालाई असार २७ गतेबाट आफ्नो संस्थासँग जोडेको कुरा उल्लेख गरेको छ ।

ओएसिस एजुकेशनका संचालक तथा कार्यकारी निर्देशक कुशल केसीले विदेशमा ओएसिसले सहकार्य र साझेदारी गरिरहेका शैक्षिक संस्थाहरूले उपलब्ध गराउँदै आएका शैक्षिक कार्यक्रम, सेवा सुविधा र गुणस्तरीय शिक्षा लगायतका अत्यावश्यक जानकारी हासिल गर्न नेपाली विद्यार्थीहरूमाझ मिस नेपालको माध्यमबाट अझै मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आगामी मिस वल्र्डको प्रतिस्पर्धाका लागि निकै सशक्त ढंगले जुटिरहेकी मिस नेपाल जोशीले ओएसिससंगको आफ्नो सहकार्य निकै फलदायी हुने र यसबाट अष्ट्रेलिया लगायतका देशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरू लाभान्वित हुने आफ्नो विश्वास रहेको कुरा उल्लेख गरेकी छन् ।

एक दशकभन्दा लामो समयदेखि नेपाली विद्यार्थीहरूलाई विदेश पठाउदै आइरहेको ओएसिसले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरसंगको लामो सहकार्यसँगै यसअघि मिस नेपाल श्रृंखला खतिवडालाई आफ्नो व्यावसायिक दूतको रूपमा भित्र्याएको थियो ।

अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, जर्मनीलगायत युरोप र अमेरिकी महादेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिँदै आएको ओएसिस एजुकेशनले हिजो काठमाडौंमा एक कार्यक्रमबीच मिस नेपाल वर्ल्ड प्रियंकासँग व्यवसायिक सहकार्यका लागि सहमति गरेको हो ।

काठमाडौंमा मुख्य कार्यालय राखेको ओएसिसले अहिले इटहरी, नारायणगढ र पोखरामा शाखा विस्तार गरी सेवा दिदै आएको छ । नेपाल तथा अष्ट्रेलियामा पीरमर्का र समस्यामा परेका नेपाली नागरिकको सहयोगका लागि विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा समेत सक्रियता जनाउँदै आएका ओएसिसका सञ्चालक केसी युवा व्यावसायी समेत हुन् ।