NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘हेल्लो जिन्दगी’ले भारतमा जित्यो आउट स्ट्यान्डिङ एचिभमेन्ट अवार्ड

काठमाडौं । ‘हेल्लो जिन्दगी’ चलचित्रले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ जितेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित र विक्रम डी जोशीद्धारा निर्मित तथा अभिनित उक्त चलचित्रले केही साताअघि गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्डसमेत जितेको थियो ।

भारत, बेलायत, जापान, इजिप्ट, ताइवान, क्युवा, टर्की, इन्डोनेसिया, स्पेन, अष्ट्रेलिया, चीनलगायत थुप्रै देशका चलचित्रले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशित ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् ।

मासिक रुपमा आयोजना हुँदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जुन महिनाको विजेता भएको हो । मासिक विजेता चलचित्रहरू स्वतः वार्षिक प्रतिस्पर्धामा छनोट हुने प्रावधान रहेको अवार्ड आयोजक संस्थाले जनाएको छ ।

अभिनेता तथा निर्मात जोशीले आफ्नो चलचित्रले एकपछि अर्काे अन्तराष्ट्रिय अवार्ड जित्दा खुशी लागकोे प्रतिक्रिया दिएका छन् । उनले अवार्डले आफूलाई फिल्म निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताएका छन् ।

निर्देशक बोहराले आफ्नो मिहिनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा खुशी लागेको बताए । हाल अमेरिका निवासी रहेका बोहरा केही समयमै स्वदेश आइ नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् ।

गत चैत्र १८ गते देशभर प्रदर्शन भएको चलचित्रमा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।

बेलायत तथा नेपालमा खिचिएको चलचित्रकाका निर्माता विक्रम डी जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छन् । निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसँगको सहकार्यमा वीररञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको उक्त चलचित्रलाई नेपालमा आरआर फिल्मस्ले वितरण गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष