NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जसपा विभाजनको अन्तिम कसरत : ४० प्रतिशत सदस्य आफूसँग रहेको बाबुराम पक्षको दाबी

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको अवस्थामा असार १६ गते सिंहदरबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै अलग बाटो तय गर्ने सहमति भएको थियो ।

अलग बाटो तय गर्नका लागि मंगलबार दुवै समूहले आ–आफ्नो पक्षको भेला बोलाएका छन् । बाबुराम समूहले काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । उपेन्द्र पक्षले वीरगञ्जमा आफूपक्षीय बैठक राखेका छन् ।

पार्टीमा उपेन्द्रले एकलौटी गरेको, क्षेत्रीय अहंकारवादबाट माथि उठ्न नसकेकोलगायत आरोप बाबुराम समूहले लगाएको छ । उपेन्द्रसँग औपचारिक रूपले सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेका बाबुरामले आगामी दिनमा नयाँ पार्टी घोषणा गर्ने कि विचार मिल्नेसँग एकता गर्ने भन्नेबारे बहस चलाएका छन् ।

बाबुरामको भेलामा ४० प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको कार्यकारिणी सदस्य गंगानारण श्रेष्ठले दावी गरेका छन् । ‘भेलामा केन्द्रीय सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको छ । संसदीय दलमा पनि ४० प्रतिशत हाराहारीले साथ दिएका छन्’, उनले भने, ‘कसरी अगाडि बढ्ने भन्नेमा भेलाले आगामी दिशा निर्देश गर्नेछ । अध्यक्षज्यूले दुई वटा नयाँ विकल्प भेलामा पेश गर्नुभएको छ । बहस र छलफलबाट ती दुई विकल्पमध्ये उपयुक्त विकल्पमा भेलाले निष्कर्ष निकाल्नेछ ।’

४९९ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा २ सय जना सदस्य बाबुरामको भेलामा सहभागी भएको दाबी गरेपनि सांसदमा बाबुराम र महेन्द्रराय यादवको मात्र उपस्थिति रहेको छ । जसपाको समान्तर भेलासँगै विभाजन भएको एक वर्ष नपुग्दै जसपा पुनः विभाजनको डिलमा पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष