NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युएईका राजपरिवारका नातेदारलाई दुर्गा प्रसाईँले निवासमै गएर भेटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले युएईका राजपरिवारका नातेदार जुमा अल मक्तुमलाई उनकै निवासमा गएर भेटेका छन् ।

राजपरिवारका नातेदार मक्तुमसँग दुबईस्थित उनकै निवासमा गएर भेटेको व्यवसायी प्रसाईँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रसाईँले भेटका तस्बिरसमेत सार्वजनिक गरेका छन् ।

मक्तुमसँग आफूले नेपाली श्रमिकहरू हितका लागि तीन विषय उठाएको प्रसाईँले बताएका छन् ।

May be an image of 2 people and indoor

जसमा दुबईमा रहेका नेपाली श्रमिकहरूको रोजगार व्यवस्थापन गर्ने, कारागारमा रहेका निर्दोष नेपालीलाई स्वदेश फर्काउन गराउन पहल गर्ने तथा नेपालीहरूको शव व्यवस्थापन र नेपाल ल्याउने सम्बन्धमा छलफल भएको एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईँले बताएका छन् ।

प्रसाईँ नेपाली श्रमिकका सवाल उठाउने आधिकारिक व्यक्ति नभएको भन्दै यसप्रति अहिले विभिन्न सवालसमेत उठिरहेका छन् ।

भेटका  क्रममा राजपरिवारका नातेदार मक्तुमलाई प्रसाईँले फेरि नेपाल भ्रमणको निम्तो दिएका छन् ।

‘उहाँलाई बिएण्डसी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको तर्फबाट नेपला भ्रमणको निमन्त्रणसमेत गरिएको छ । उहाँले हाम्रो निमन्त्रणालाई सकारात्मक रुपमा लिँदै आफूलाई नेपाल र नेपाली पनि मनपर्ने भएकाले सम्भवत अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो,’ प्रसाईँले फेसबुकमा लेखेका छन् ।

गत महिना पनि राजपरिवारका नातेदार मक्तुम उनै प्रसाईँको निमन्त्रणामा नेपाल आएका थिए । उनले प्रसाईँलाई सुनको लौरो उपहार दिएको विषयले सञ्चार र सामाजिक सञ्जाल तातेको थियो ।

प्रसाईँले मक्तुम युएईका अधिराजकुमार भएको दाबी गर्दै आएका छन् । तर, उनी राजपरिवारका एक नातेदारमात्र रहेको बताइएको छ ।