NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कटहरसँगै दुध खानु हानिकारक

काठमाडौं । केही व्यक्तिको तरकारीसँग दुध, दहि तथा अन्य खानेकुरा मिसाएर खाने बानी हुन्छ । तर यस्तो गर्नु शरीरका लागि घातक मानिन्छ । कुनै तरकारी यस्ता हुन्छन्, त्यहाँ अन्य पदार्थ मिसाउँदा त्यसले नकारात्मक प्रभाव पार्छ ।

त्योमध्ये कटहर एक हो । आयुर्वेदमा कटहरसँग दुधजन्य पदार्थ खाँदा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ । कटहरको तरकारीसँग दुध तथा डेरीका पदार्थ खाँदा छालाको संक्रमण हुन्छ ।

साथै, यसले पित्त तथा कफको समस्या निम्त्याउँछ । त्यस्तै कटहर र भिन्डीको तरकारी एक साथ मिलाएर खानु हुँदैन, यसले पेटमा समस्या ल्याउँछ ।

कटहर फाइबरले भरीपुर्ण हुन्छ । त्यसैले धेरै मात्रामा यो खाँदा पेटमा समस्या आउँछ । चिकित्सकका अनुसार डाइबिटिज भएका व्यक्तिले कटहर कम खानु राम्रो मानिन्छ । किनकि यसले ग्लुकोजको स्तरमा प्रभाव पार्छ ।