NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

लिउलाई माधवको आश्वासन : एक चीन नीतिमा दृढ छौंं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू एक चीन नीतिको पक्षमा दृढ रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिसिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग मंगलबार भएको भेटवार्तामा उनले यस्तो दृढता व्यक्त गरेका हुन् ।

काठमाडौंको एभरेष्ट होटलमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको नेता नेपालले बताए ।

‘म र मेरो पार्टी चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको होस् वा ताइवानको, यी सबै चीनको आन्तरिक मामिला भएकाले हामी एक चीन नीतिमा दृढ छौं भनेर मैले उहाँलाई भनेँ,’ भेटपछि अध्यक्ष नेपालले भने ।

भेटवार्तामा एकीकृत समाजवादीका शीर्ष नेताहरू तथा चीनका प्रतिनिधिहरू पनि उपस्थित थिए ।