NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसको प्रस्तावित वरीयताप्रति प्रदेश सभापतिहरूको आपत्ति, कस्तो छ वरीयता ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले अघि सारेको पार्टीको वरीयताप्रति प्रदेश सभापतिहरूले आपत्ति जनाएका छन् । आपत्ति जनाउनेमा सातै प्रदेशका सभापति छन् ।

प्रस्तावित मस्यौदामा प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । यो सबै केन्द्रीय सदस्यभन्दा पछि हो । केन्द्रीय सदस्यहरू नवौं वरीयतामा रहँदा प्रदेश सभापतिहरूलाई भने ११ औँमा मात्र राखिएको हाे । बीचमा राष्ट्रियसभामा दलका नेता छन् ।

यो वरीयताप्रति आपत्ति रहेकाले आफूहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार गरिरहेको एक प्रदेश सभापतिले बताए ।

केन्द्रीय सभापतिपछि आफूहरूको वरीयता रहनुपर्ने उनीहरूको माग रहेको छ ।

आजैमात्र कांग्रेसले विभिन्न तहमा रहेका नेताहरूको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।

वरीयताक्रमका चार नीतिगत आधार पेश गरिएको छ । एकदेखि १२१ सम्मको वरीयता छ । एकमा सभापति छन् भने १२१ मा पार्टीका साधारण सदस्य रहेका छन् ।

यस्तो छ वरीयता :

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

स्थानीय चुनावमा गरिएको गठबन्धनप्रति शेखरको आपत्ति (पूर्णपाठसहित)