NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्री र गैरआवासीय नेपालीबीच नागरिकता विधेयकबारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्रि केसीको नेतृत्वको टोलीले बुधबामर बालुवाटार गएर प्रधानमनत्रीलाई भेटेको हो ।

May be an image of 6 people and people standing

भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए ।

संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वसन दिए ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष आचार्य, अध्यक्ष डा. केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत पदाधिकारीले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरे ।