मैले मानवअधिकार उल्लङ्घन गरेको छैन : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले मानवअधिकारको उल्लङ्घन कहिल्यै नगरेको दाबी गरेका छन् ।
मानव अधिकार एलान्सको २३ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले मानव अधिकारको लागि आफूले ५७ वर्ष लडेको जिकिर गरे ।
‘जीवनमा मैले मानव अधिकार उल्लघङ्न कहिल्यै गरेको छैन,’ उनले भने, ‘कहिल्यै गर्दिन । यदि कसैले मलाई मानव अधिकार उल्लङ्नकर्ता ठान्छ भने त्यो महाभुल हुनेछ ।’
त्यस्तै उनले राजनीति विकृत भए मानव अधिकार उल्लङ्घनकर्ता हुने बताएका छन् ।
‘राजनीति विकृत भए मानव अधिकारकर्ता हुन्छन् । राजनीति सहि बाटोमा हिड्यो भने रक्षक र परिपालक हुन्छ’, उनले भने ।
उनले मानव अधिकार उल्लङ्घन जहिल्यै बलियाबाट कमजोरमाथि हुने भन्दै त्यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया