NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोना संक्रमण पुन: फैलिँदै, एकैदिन २०० जना थपिए

काठमाडौं । पछिल्लो समय नेपालसहित विभिन्न मूलुकमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । गत २४ घण्टामा मात्रै थप २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पिसीआर परीक्षणमा १७७ र १ हजार ९३ जनाको एन्टीजेन परीक्षणमा २९ जनामा कोरोना भाइरस देखिएको हो । त्यस्तै गत २४ घण्टामा देशभर सक्रिय संक्रमितको १ हजार ५ पुगेको छ भने ४५ जना निको भइ घर गएका छन् ।

बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।