NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका सयभन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनिका सिईओ राजन बाबु श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहन तथा कम्पनी सफल हुनुको कारण वितरकले गरेको माया र विश्वास भएको बताए ।

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाँग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको कम्पनीले जनाएको छ ।