NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौंमा घरभित्र चितुवा पस्यो, पाँच घाइते

काठमाडौं । घरभित्रै प्रवेश गरेर काठमाडौंमा चितुवाले मानिसमाथि आक्रमण गरेको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

नागार्जुन नगरपालिका–८, भीमढुंगामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुंगास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरभित्र बुधबार राति प्रवेश गरेको चितुवाले मानिसमाथि आक्रमण गरेको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई बुधबार राति नै मनमोहन अस्पतालमा भर्ना गरिएको छ । घाइतेको विभिन्न स्थानमा चोट लागेको जनाइए पनि अवस्थाबारे केही खुलाइएको छैन ।

काठमाडौंमा यसअघि पनि पटक–पटक यसरी चितुवा प्रवेश गर्ने गरेका थिए । जंगलमा आहारको कमीलगायत कारणले चितुवा सहरी क्षेत्रमा प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन् ।