NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महालेखाको प्रश्न : पशुपतिमा जलहरी बनाएर बाँकी रहेको १० किलो सुन खै ?

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पशुपतिमा राखिएको सुनको जलहरी बनाएपछि बाँकी रहेको सुनको पूर्ण विवरण पेस नभएको जनाएको छ । बुधबार सार्वजनिक आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमार्फत महालेखाले यसबारे प्रश्न गरेको हो ।

पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी सुनको जलहरी लगाउन नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद भएको थियो ।

उक्त सुनमा अन्य धातु र रसायनको मिश्रणका लागि तामा दुई किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसहित १०७ किलो ४९० ग्राम सुन प्रयोग भएको उल्लेख गरिएको छ ।

पशुपतिमा निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतका लागि ९३ किलो ५१४ ग्राम सुन प्रयोग भएको छ । त्यसपछि बाँकी रहेको १० किलो ९७६ ग्रामको सुनबाट रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएको छ ।

तर, जलहरी बनाएर बाँकी रहेको भनिएको उक्त सुनको सबै परिमाण रिङ बनाउने काममा प्रयोग भयो भन्नेबारे पुष्टि हुन सक्ने विवरण पेस नभएको महालेखाले औंल्याएको छ ।

पर्यटन मन्त्रालयले बुझाएन ६ हजार मिटरसम्मका हिमालको पर्वतारोहण रोयल्टी