NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अन्ततः उपसभामुखको उम्मेदवारमा एमालेबाट विद्या

काठमाडौं । एमालेले लोसपाकी नेतालाई उपसभामुखमा समर्थन गर्ने बताए पनि अन्ततः आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको छ ।

एमालेले उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता गराएको हो । भट्टराई कास्कीबाट निर्वाचित सांसद हुन् ।

लोसपाले पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने भएपछि एमालेले धारणा परिवर्तन गर्दै आफ्नै पार्टीबाट उपसभामुखमा उम्मेदवार उठाएको हो ।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता भइकसेको छ । उपसभामुखको निर्वाचन भोलि दिउसो ३ बजे हुँदैछ ।
यसअघि उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले २०७६ मा ६ गते राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त छ ।

तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी दललाई समर्थन गर्ने अन्तिम तयारी गरेको थियो । लोसपाबाट चन्दा चौधरीलाई उम्मेदवार बनाउने चर्चा चलेसँगै उनलाई समर्थन गर्ने एमालेले तयारी अन्तिममा फेरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष