NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

रवि लामिछानेले हर्क साम्पाङलाई कार्यालयमै गएर भेटे

काठमाडौं । सञ्चारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएपछि रवि लामिछाने यतिबेला देश दौडाहामा लागेका छन् । बिहीबार झापामा रहेका उनी आज धरान पुगेका छन् ।

धरान उपमहानगरपालिकाको कार्यालयमै गएर उनले मेयर हर्क साम्पाङलाई भेटेका छन् ।

लामिछाने साम्पाङलाई शुभकामना दिन धरान पुगेको उनको सचिवालयले जनाएको छ ।

‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । तर सकिएछ । जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ,’ भेटका क्रममा लामिछानेले साम्पाङलाई भने ।

रविको घोषणा : अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु