NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आँखाको डार्क सर्कल हटाउन के खानुपर्छ ?

काठमाडौं । धेरै समय कम्प्युटर, ल्यापटपको स्क्रिनमा बिताउने, बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ बन्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ ः

भिटामिन ए युक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ ।

सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सी पाइने खानेकुरा खाँदा पनि डार्क सर्कल हराउँदै जान्छ । भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ ।

अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।

त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ । भिटामिन ईमा एन्टिअक्सिडेन्ट हुने हुनाले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ ।

ताजा अपडेट

नेपालवाच विशेष