NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उपसभामुख निर्वाचन प्रक्रिया सुरू, भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । करिब साढे दुई वर्षपछि संघीय प्रतिनिधिसभाको उपसभामुख छनोट प्रक्रिया सुरू भएको छ ।

उपसभामुख पदका लागि सत्तापक्षबाट कांग्रेसका पुष्पा भुसाल र प्रतिपक्षी दल एमालेबाट विद्या भट्टराई उम्मेदवार रहेकी छिन् ।

तत्कालिन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सत्तापक्षसँग बहुमत रहेकाले उपसभामुखमा भुसाल निर्वाचित हुने लगभग सुनिश्चि रहेको छ ।