NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । गत २४ घण्टामा थप १३५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ११४ जना र एन्टीजेनमा २१ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै देशभर गत २४ घण्टामा जना ५९ निको भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ३८ हजार १६ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार एक जनामा कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

हाल देशभर १ हजार ४३९ जना सक्रिय संक्रमित रहेका छन भने ३२ हजार ५१५ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।