NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

स्वास्थ्यकर्मीहरू नै धमाधम कोरोनाबाट संक्रमित

काठमाडौं । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सवभेरियन्ट विए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् ।

काठमाडौंको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ ।

वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ६, सहिद शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सिभिल अस्पताल र र धुलिखेल अस्पतालमा एक–एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।