NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

काठमाडौं । किरात राई यायोक्खामा आबद्ध व्यक्तिहरूले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।

पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने माग गर्दै उनीहरूले विरानगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

कार्यालय घेराउपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको उनीहरूले बताए । घेराउ कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका मानिस भेला भएको आयोजकले जनाएका छन् ।

प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेश १ को नाम टुंगो लागेको छैन । पहिचान पक्षधरहरूले किरात लिम्बुवान आदि नामको माग गरिहेका छन् । ठूला दलहरूले भने कोशी, सप्तकोशी, सगरमाथाजस्ता भौगोलिक नाम अघि सारेका छन् ।

मुख्यमन्त्री राई भने भौगोलिक र पहिचान दुवैलाई समेट्ने नाम खोज्नुपर्ने बताइरहेका छन् ।